मुख्य समाचार

अखिल क्रान्तिकारीमा उमेर हदसम्बन्धी विवाद समाधानका लागि ३ सदस्य समिति गठन

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीमा देखिएको उमेर हद विवाद समाधानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक हप्ताभित्र समिति गठन गर्न निर्देशन दिएपछि पार्टीको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

छानबिन समितिमा सदस्य दावा लामा र शालिग्राम सापकोटा सदस्य रहेको क्रान्तिकारीका केन्द्रीय कार्यालयका प्रमुख केशव रावलले जानकारी दिए । छानबिन समितिलाई एक महिनाको समय सीमा दिएको छ । पुस १३ गते भएको ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने विषयमा भएको मतदानमा खुला पक्षधर २१ मतले पराजित भएको थियो ।

उमेर हद पक्षले ९०० मत पाउँदा विपक्षमा खुला पक्षले ८७९ मत पाएको थियो । खुला र उमेर पक्षधर दुवैले मतदानमा धाँधली भएको आरोप लगाउँदै छानबिन गर्न निर्वाचन समितिसमक्ष उजुरी दिएको थियो ।

यद्यपि निर्वाचन समितिले उजुरी उपर छानबिन नगरी चुनावी परिणाम घोषणा गरेकोप्रति आपत्ति जनाउँदै दोस्रो चरणको निर्वाचन प्रक्रियामा असहयोग गर्ने बताउँदै आएका थिए । सोही विषयलाई मध्यनजर गरी पुस १७ गते हुने भनिएको दोस्रो चरणको निर्वाचन प्रभावित हुँदै आएको छ ।

माओवादीको २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले अवकाशप्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापन गर्न उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा इन्चार्ज हिमाल शर्मा र निवर्तमान अध्यक्ष पञ्चासिंह सदस्य रहेको तीन सदस्यीय व्यवस्थापन कार्यदल गठन गरेको थियो । कार्यदललाई माघ ८ गतेसम्म प्रतिवेदन बुझाउन पार्टीले निर्देशन दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *