विश्व

भारतको खुद्रा मुद्रास्फीति डिसेम्बर २०२४ मा ५.२२ प्रतिशतमा झर्‍यो

काठमाडौं । भारतको खुद्रा मुद्रास्फीति डिसेम्बर २०२४ मा ५.२२ प्रतिशतको चार महिनाको न्युनतम बिन्दुमा झरेको छ ।

संघीय तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी गरिएको तथ्यांकअनुसार डिसेम्बर २०२४ मा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.२२ प्रतिशत छ । नोभेम्बरमा सिपिआई ५.४८ प्रतिशत थियो ।

खाद्य मुद्रास्फीति पनि डिसेम्बर २०२४ मा ९.०४ प्रतिशतबाट घटेर ८.३९ प्रतिशतमा झरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको फिल्ड अपरेशन डिभिजनका फिल्ड कर्मचारीहरूले व्यक्तिगत भ्रमणहरूमार्फत सबै राज्यहरूलाई समेट्न चयन गरिएका १ हजार ११४ शहरी बजारहरू र १ हजार १८१ गाउँहरूबाट संकलन गरिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *