विश्व

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

काठमाडौँ।दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्।

दि कोरिया टाइम्सका अनुसार युनलाई बुधबार बिहान साढे १० बजे पक्राउ गरिएको हो । पक्राउ पर्ने युन पहिलो कोरियाली राष्ट्रपति हुन् । उनलाई सउल स्थित निवास बाटै पक्राउ गरिएको हो ।

यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए । अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालय बाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् ।

गत डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयास पछि उनी माथि राज्य द्रोहको आरोप लागेको छ। संसदमा महाअभियोग प्रस्ताव पुगे पछि उनी निलम्बित भएका थिए ।

पक्राउको क्रममा यूनको आधिकारिक निवास बाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको समाचारमा उललेख छ ।

यस अघि युनलाई पक्राउ गर्ने प्रयास असफल भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *