
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल प्रहरीको नियन्त्रणमा परेका छन् ।
चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि मल्ललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । युवा संघकै एक जना नेतासँग लेनदेनको विषयलाई लिएर जाहेरी परेपछि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्सपछि प्रहरीमा उजुरी परेको थियो । चेक बाउन्स भएको घटनामा दुई पक्षबीच जुनसुकै चरणमा पनि मिलापत्र हुन सक्ने भएकाले दुवै पक्षसँग छलफल गराइएको छ ।