देश

कुवेर कडायत र रवीन्द्र के.सी. प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा

काठमाडौं । सरकारले कुवेर कडायत र रवीन्द्र के.सी. प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको छ ।

मन्त्रीपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षकहरू कडायत र के.सी.लाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको हो ।

कडायतको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र केसीको नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *