सम-सामयिक

खड्का न्यायपरिषद सदस्य सिफारिस

काठमाडौं । नेपाल बार एशोसिएसनले न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई सिफारिस गरेको छ । आज (शनिबार) बसेको बार कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको महासचिव अञ्जिता खनालले जानकारी दिइन् ।

संसदीय सनुवाइबाट अनुमोदित खड्का परिषद् सदस्य नियुक्त हुनेछन् । खड्का बूढानीलकण्ठका कांग्रेस नेता पनि हुन् । रामप्रसाद श्रेष्ठको पदावधि मंसिर १५ बाट सकिएकाले त्यसयता न्यायपरिषद् सदस्यको पद रिक्त थियो । बार नेतृत्वले आफू अनुकूल सदस्य नहुँदा न्यायाधीश नियुक्तिको विरोध गर्दै आएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *