काठमाडौं। नेपाल आयल निगमको ५५औं वार्षिकोत्सवको अवसरमा निगमका नायव कार्यकारी निर्देशक ई. वीरेन्द्र गोइत निगमका संस्थापक महाप्रबन्धक स्व. सुवर्ण विक्रम थापाको स्मृतिमा स्थापित निगमको सर्वोत्कृष्ट सुवर्ण रत्न स्मृति पुरस्कारबाट पुरस्कृत भएका छन् ।
शुक्रबार निगमको वार्षिकोत्सवको अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीद्धारा ५१ हजार नगदसहित प्रमाण पत्रले निगमका नायव कार्यकारी निर्देशक ई. वीरेन्द्र गोइत पुरस्कृत भएका हुन् । जीवनको ऊर्जाशील समय निगममा व्यतीत गरी पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै निगमले गोइतलाई पुरस्कृत गरेको हो । उनको अनुभव र मार्गनिर्देशनलाई आत्मसाथ गर्दै निगम अघि बढेको खण्डमा अरू थप सशक्त हुने विश्वास कर्मचारीले लिएका छन् ।
गोइतले इन्धन आपूर्तिमा प्रभावकारी भूमिका निर्वाह गरेको, इन्धन भण्डारण योजना, पाइप लाइन परियोजना र भारतको सहयोगमा अनुदानमा निर्माण हुन लागेका भण्डारण गृहको सम्झौता गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व. सुवर्ण रत्न स्मृति पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हाम्रा शुभेच्छुक निगमका नायव कार्यकारी निर्देशक ई वीरेन्द्र गोइत सरलाई हार्दिक बधाई तथा थप प्रगतिको शुभकामना !!!