देश

दिदी बहिनी घरभित्रै मृत फेला

सल्यान। सल्यानमा दिदीबहिनी मृत फेला परेका छन् ।

बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालतकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना घरमै मृत फेला परेका हुन् ।

उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेको र आमा पुर्णिमा राना घरमै भएपनि घटनाबारे खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

घटना शंकास्पद देखिएकाले थप अनुसन्धानपछि मात्रै थप कुरा खुल्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *