पर्सा । आफ्नै बुबा ८० वर्षीय रामजान देवानको हत्या गरेको अभियोगमा पोखरीया नगरपालिका–८ जगतपुर बस्ने उनकी छोरी २० वर्षीया खुश्बु खातुन र १८ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले बुबाले आइफाइ बन्द गर भन्दा सोमबार राति कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका रामजानको वीरगंज हेल्थ केयर हुँदै न्यूरो अस्पताल वीरगंजमा थप उपचारको मंगलबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




