देश

महिलाहरुलाई सक्रिय र सबल बनाउन महिला सशक्तीकरण कार्यक्रम आवश्यक : मन्त्री खड्गी (श्रेष्ठ)

काठमाडौं । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चितवनमा गृहिणी महिला सशक्तीकरण कार्यक्रमका लागि संयोजकहरुलाई अभिमुखीकरण तालिम दिएको छ। बुधबार बागममती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम संचालन भएको हो ।

महिलाहरुलाई सक्रिय र सबल बनाउनका लागि सो कार्यक्रम संचालन गरिएको कार्यक्रमका प्रमूख अतिथी मन्त्री खड्गीले बताइन् । समाजमा गृहिणी महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका यस्ता कार्यक्रमले टेवा पुग्ने मन्त्रालयले अपेक्षा लिएको छ ।

सो कार्यक्रममा गृहिणी महिला सशक्तीकरण कार्यक्रम सञ्चालनका लागि छनोट भएका स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कार्यक्रम सञ्चालनका लागि तोकिएका संयोजकहरुको सहभागिता रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *