देश

सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा ३६८ मत प्राप्त गरेर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ मत पाउँदा अधिवक्ता प्रेमसिंह धामीले १५ मत पाएका थिए ।

निर्वाचित पोखरेल कांग्रेस निकट डिएलएका उम्मेदवार हुन् । निर्वाचनमा नेकपा एस निकट कानून व्यवसायीहरूको प्यानल थियो भने । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अर्को प्यानल थियो । यस्तै, उपाध्यक्षमा अधिवक्ता अम्बरबहादुर राउत विजयी भएका छन् । उनले ३४६ मत पाउँदा अधिवक्ता भीष्मराज कडरीयाले १०३ र वरिष्ठ अधिवक्ता उत्तमबहादुर श्रेष्ठले ३५ मत पाएका छन् ।

यसैगरी सचिवमा रमण कुमार कर्ण विजयी भएका छन् । उनले ३३९ मत पाएका छन् । प्रभाकर श्रेष्ठले २०५ मत पाए । सहसचिवमा अधिवक्ता पुन्देवी महर्जन (सुजना) ३३७ मत ल्याएर विजयी हुँदा श्रुति कुमारी रेग्मीले २१६ मत पाइन् । कोषाध्यक्षमा रामचन्द्र पौडेल ३४० मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी अनन्तराज लुईटेलले २०७ मत पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *