विश्व

अमेरिकाले आपूर्ति गरेको ८ वटा अत्याधुनिक क्षेप्यास्त्र खसालेको रूसको दावी

रूसले अमेरिकाले आपूर्ति गरेको ८ वटा अत्याधुनिक (एटिएसिएमएस) क्षेप्यास्त्र खसालेको दावी गरेको छ ।

रूसी हवाइ सुरक्षा प्रणालीले अमेरिकामा निर्मित ८ वटा एटीएसीएमएस क्षेप्यास्त्र र ७२ वटा ड्रोन खसालेको रूसी रक्षा मन्त्रालयले दाबी गरेको हो ।

मन्त्रालयले पूर्वी लुगान्स्क क्षेत्रको केही बस्ती मध्ये एक युक्रेनी गाउँ नादियालाई पनि नियन्त्रणमा लिएको जनाएको छ । रूसले युक्रेनले प्रयोग गरेको एटिएसिएमएस क्षेप्यास्त्रको प्रयोगले मध्य किएभमा हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण हुनसक्ने चेतावनी पनि दिएको छ ।

अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष युक्रेनलाई रुस विरुद्ध ३ सय किलोमिटर (१९० माइल) दूरीका हतियार प्रयोग गर्न अनुमति दिएका थिए ।

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रको एक गाउँमा शनिबार रूसले गरेको आक्रमणमा परी ७४ वर्षीय वृद्धको मृत्यु भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएको समाचारमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *