देश

होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत भेटिए

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी युवती घटनामा संलग्न फरार युवक पनि मृत भेटिएका छन् ।

गत पौष १६ गते बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् । पछि प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो । सुस्मितासँगै होटलमा बसेका थापा फरार फरार थिए ।

फरार रहेका थापा शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ मा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । यसअघि जापान बस्दै आएका २४ वर्षीय थापालाई सुनकोशी देविस्थानको जंगलमा डोरिको पासो लगाएर रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको ओखलढुंगा प्रहरीले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *