
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका आरोपीहरूको बयान अन्तिम चरणमा पुगेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा अघिल्लो सोमबारबाट जारी बयान अन्तिम चरणमा पुगेको हो ।
अहिले आरती गुरुङको बयान चलिरहेको छ । आरतीको बयान अन्तिम चरणमा रहेको र सकिएलगत्तै थुनछेक बहस शुरु हुने बताइएको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, पूर्वसांसद मीना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान लिइएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध १ करोड ५१ लाखभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।