देश

गैँडाको आक्रमणमा परी दुई घाइते

चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका-१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६:२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *