देश

बाघले मार्‍यो सात वटा खसी–बाख्रा

हेटौँडा। मकवानपुरको मनहरीमा बाघले सातवटा खसी–बाख्रा मारेको छ । मनहरी गाउँपालिका वडा नं. ५ वसन्तपुरस्थित स्थानीय सूर्यबहादुर मोक्तानले पाल्नुभएको खसी बाख्रा सोमबार बिहान ५ बजेको समयमा बाघले मारेको हो ।

मोक्तानको घर नजिकै रहेको बाख्राको खोरमा सातवटा खसी बाख्रा मारी सोही मध्ये एउटा वटा बाख्रा बाघले जङ्गलतर्फ लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मनहरी गाउँपालिका वडा ५ का वडाध्यक्ष दीपेन्द्र अधिकारीले प्रहरी कार्यालयमा जानकारी गराएसँगै प्रहरी नायब निरीक्षक दिलीप पासवानको कमान्डमा प्रहरी सो स्थानमा पुगेको छ ।

हिजो आइतबार साँझ मनहरी–५ मा बाघको आक्रमणबाट वसन्तपुरकी कान्छीमाया रुम्बाको मृत्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *