विश्व

कजाखस्तानमा भएको विमान दुर्घटनामा रूसको हात रहेको अजरबैजानका राष्ट्रपतिको आरोप

अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले २५ डिसेम्बरमा कजाखस्तानमा भएको विमान दुर्घटनामा रूसको हात रहेको आरोप लगाएका छन ।

तर, उक्त आक्रमण नियतवश नरहेको अलीयेभको भनाइ छ ।राष्ट्रपति अलीयेभले रूसको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली चालु रहेकाले विमान दुर्घटना हुन पुगेको दाबी गरेका हुन । रूसले आक्रमणपछि त्यसलाई ढाकछोप गरेको पनि उनको आरोप छ । विमान दुर्घटनाको मुख्य कारण लुकाउन रूसले तथाकथित कथा रचेकोमा आफूलाई दुःख लागेको समेत अलीयेभले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिरक्षा प्रणालीका कारण झुक्किएर विमान दुर्घटना भएको हो भने रूसले मित्रराष्ट्रको हैसियतले अजरबैजानसँग माफी मागेर आफ्नो गल्ती स्वीकार गर्नुपर्ने राष्ट्रपति अलीयेभको भनाइ छ ।गत शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विमान दुर्घटनाबारे अजरबैजानसँग माफी मागेका थिए ।

तर रूसले आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको आक्रमणका कारण विमान खसेको भने स्वीकार गरेको छैन । रूसले युक्रेनी आक्रमण जारी रहेका कारण प्रतिरक्षा प्रणाली चालु गरेको बताएको छ । दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो भने २९ जना बाँच्न सफल भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *