मुख्य समाचार

दक्षिण कोरियामा १ सय ८२ जना सवार विमान दुर्घटना, कम्तिमा २८ जनाको मृत्यु

दक्षिण कोरियामा आइतबार बिहान भएको बिमान दुर्घटनामा कम्तिमा २८ जनाको मृत्यु भएको छ।

जेजू एयरको एउटा फ्लाइ मुआन अन्तर्राष्ट्रिय एयरपोर्टभमा ल्यान्डिङका क्रममा रनवेबाट चिप्लिएर पर्खालमा गएर ठोक्किन पुगेको थियो।

योनहाप समाचार एजेन्सीका अनसार थाइल्यान्डको बैंककबाट विमान दक्षिण कोरिया आएको थियो। उक्त विमानमा १ सय ७५ यात्रु सहित ६ फ्लाइट अटेन्डेन्ट सवार रहेको जनाइएको छ। समाचार एजेन्सीका अनुसार उद्दार कार्य जारी छ।

आपतकालिन सेवाहरु विमानको पछाडिको भागमा फसेका मानिसहरुको उद्दार कार्यमा जुटेका छन्। दुर्घटनाको कारण स्पष्ट भएको छैन्। तर योनहाफका अनुसार चरासँग ठोक्कएर उपकरणमा गडबडी भएको हुन सक्ने जनाइएको छ।

नेपाली समय अनुसार विमान बिहान ५:५२ मा दुर्घटनामा परेको हो।
थप विवरणहरु आउने क्रम जारी रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *