देश

३९देशका लागि संसदीय मैत्री समूह गठन, को–को बने संयोजक ?

काठमाडौँ । संघीय संसद् सचिवालयले ३९ वटा देशमा संसदीय मैत्री समूह गठन गरेको छ ।

संसदीय मैत्री समूहको आज सिंहदरबारमा बसेको संयुक्त बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विभिन्न ४१ देश मध्ये ३९ वटा देशको मैत्री समूहको संयोजक तोकिएको जानकारी दिए ।

विभिन्न ४१ संसदीय मैत्री समूह मध्ये दुई वटा देश उरुग्वे र इण्डोनेसियाको लागि संसदीय मैत्री समूहको संयोजक तोक्न बाँकी रहेको छ ।नेपालसँग दौत्य सम्बन्ध भएका देशसँग कूटनीतिक सम्बन्ध र विधायकहरूसँगको सम्बन्ध कायम गर्नका लागि संघीय संसद्का सांसदहरूको संसदीय मैत्री समूह गठन गर्ने परम्परा रहीआएको संघीय संसद् सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *