देश

गाडिएको अवस्थामा महिलाको शव फेला

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरस्थित मुसहरी टोलमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार सोही ठाउँका दसैंया मुखियाको ४८ वर्षीया श्रीमती रेश्मीदेवी मुखियाको शव गाडिएको अवस्थामा भेटिएको हो । रेश्मीको शव आफ्नै शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

रेश्मी मङ्गलवार देखी हराइ रहेकी थिइन । खोजतलास गर्दै जाँदा बुधवार राती शौचालय पछाडि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए । घटनास्थलको प्रकृति मुचुल्का उठाइ शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको उनले जानकारी दिए।

रेश्मीलाई उनकै श्रीमान् मुखियाले हत्या गरी गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *