
काठमाडौं । क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन चर्चित भारतीय गायक सोनु निगम अपरान्ह काठमाडौं आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरेका हुन् । निगमको सांगीतिक समूहका सदस्यहरू बुधबार बिहानै तयारीका लागि आइसकेका थिए ।
प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन् । उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।
उनले फिल्म ‘सिमाना’को चर्चित गीत ‘उकाली ओराली गर्दै’ लगायतका आधादर्जन नेपाली गीत पनि गाउनेछन् । निगम विहिबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले विहिबार बिहान पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् ।