
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीसहित छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराएको हो ।
कृष्ण गुरूङलाई भने बिरामी परेका कारण अस्पताल लगिएको छ । अदालतमा हिजोदेखि बयान सुरू भएको छ । हिजोदेखि छविलाल जोशीको बयान चलिरहेको हो । आजदेखि रविको पनि बयान सुरू हुने सम्भावना छ । न्यायाधीश नीतिज राईको इजलासमा बयान सुरू भएको हो ।