विश्व

दक्षिण कोरियाली निलम्बित राष्ट्रपति बाट सोधपुछ गर्न पुनः अस्वीकार

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक पनि अस्वीकार गरेका छन् ।

युन दोस्रो पटक पनि अनुसन्धान प्रक्रियामा सहभागी नभएको अनुसन्धान टोलीले जनाएको छ । युन माथि महाभियोग र विद्रोहको फौजदारी अभियोग लागेको छ । यो अभियोगका कारण उनलाई आजीवन जेल सजाय वा मृत्युदण्डको सजाय समेत हुन सक्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युनको अल्पकालीन सैनिक शासन घोषणाको अनुसन्धान गरिरहेको भ्रष्टाचार विरोधी निकायले उनको कार्यालय र निवासमा पत्राचार गर्दै अनुसन्धानका लागि उपस्थित हुन दुई पटक सम्म परिपत्र गरेको जनाएको छ ।

युन आगामी बुधबार पनि उपस्थित नभएमा भ्रष्टाचार अनुसन्धान कार्यालयले उनलाई उपस्थित हुन बाध्य पार्न पक्राउ पुर्जी जारी गर्न सक्नेछ । युन लाई संसद्मा महाभियोगको प्रस्ताव पारित गरेपछि निलम्बित गरिएको हो ।

संवैधानिक अदालतले उनको महाभियोगलाई सदर गर्ने वा नगर्ने भन्ने बारे छानविन गरिरहेको छ । अदालतलाई फैसला सुनाउन करिब छ महिनाको समय दिइएको समाचारमा उललेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *