विश्व

बन्धक रिहाइ सुनिश्चित गर्न हमास सँगको वार्ता सकारात्मक : इजरायली प्रधानमन्त्री

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा रहेका इजरायली बन्दीहरूको रिहाइ सुनिश्चित गर्न हमास सँग जारी वार्तामा प्रगति भएको जानकारी दिएका छन् ।

संसदमा सम्बोधनको क्रममा प्रधानमन्त्री नेतन्याहूले बन्धकहरुको रिहाइ सुनिश्चित गर्न हमास सँगको वार्ता सकरात्मक भएको बताएका हुन् । वार्ता कहिले निष्कर्षमा पुग्छ भन्ने निश्चित भने नभएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सेनाले धेरै मोर्चामा ठूलो उपलब्धि हासिल गरेको र सैन्य दबाब बढाइएका कारण हमासका नेता आफ्ना अघिल्ला मागमा नरम बनेको दाबी नेतन्याहूले गरेका छन् । हमासले भने गाजामा रहेका बन्धक रिहाइ, इजरायलको गाजामा सैन्य उपस्थिति र आक्रमणमा निर्भर हुने उल्लेख गरेको छ ।

हमास सैन्य समूहका प्रवक्ता अबु ओबेदाले इजरायली बन्धकको भाग्य गाजामा हुने आक्रमणमा निर्भर हुने प्रतिक्रिया जनाएका छन् । यस अघि प्यालेस्टिनी नेताले इजरायल–गाजा युद्धविराम वार्ता ९० प्रतिशत निष्कर्षमा पुगेको बताइएको थियो ।

युद्धविराम वार्ताले गति लिएको भनिए पनि इजरायलले गाजामा भीषण आक्रमणलाई जारी राखेको छ । पछिल्लो २४ घण्टामा गाजामा इजरायली आक्रमण बाट ६० जनाको मृत्यु भएको समाचारमा उललेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *