देश

प्रदेशसभा बैठक आव्हानका लागि सिफारिस गरिने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाचौँ अधिवेशन आव्हानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले यही पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाचौँ अधिवेशन आह्वानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

गत भदौ ३१ गते चौथो अधिवेशन अन्त्य भएको थियो । साँढे तीन महिनापछि पाचौँ अधिवेशन बैठक बस्न लागेको हो । त्यसैगरी बैठकले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *