कला/साहित्य

सिजो (कोरियन कविता)

१,
बाध्यता भएपछि मौनताले लघारेको
नियति समयको पार्नुपर्छ खाल्डोभित्र
अँध्यारो बज्रिएपछि कालो भुँइ तर्सेछ ।
२,
सम्झिन्छु हृदयमा गुम्सिएका इच्छाहरु
जमेको पोखरीमा थुप्रिएको गन्धहरु
रासले जबरजस्ती थिचेपछि झस्केछ ।
३,
आउँछ आँधिबेरी नदेखिने बहानामा
मनका रहरमा नजिकिँदा लिसोसरि
स्वार्थले लत्याएपछि मर्किएको भरोसा ।
४,
कमाएको समयमा स्वार्थपूर्ति गरिएन
भएर एकलब्य बन्दै गर्दा सोझो बाटो
ढुकेर बलमिचाई थेग्रिएछु पिँधमा ।
५,
शङ्कालु सानो मन कुरा धेरै बाटो छेक्ने
सोचाई आफै जल्छ सल्किएर तातेपछि
पीडाले झाङ्गिएपछि समालिन नसक्ने ।
६,,
आँखाले तान्दा तान्दै घिसारेर फालिएको
एक्लैले भेटेसम्म बामे सर्दै किनारामा
ब्रह्माण्ड परिवर्तन आधिबेरी पछार्दै ।
( बट्टार,नुवाकोट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *