कोशी प्रदेश

कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राईद्धारा रसुवा पानधारे सडक कालोपत्रेको सिलान्यास

काठमाडौं । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले रसुवा पानधारे सडक शिलान्यास गरेका छन्। खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको रसुवाबजारदेखि पानधारेसम्म पुग्ने सडक अन्तर्गत ठेक्का लागेको १५ किलोमिटर सडकको शनिबार मन्त्री राईले सिलान्यास गरेका हुन् ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ४६ करोड ७५ लाख ९८ हजार ६५७ रुपैयाँ ५६ पैसामा, ३६ महिनामा निर्माण व्यवसायीले उक्त सडक कालोपत्रे गरिसक्नुपर्ने समयसिमा निर्धारण गरिएको छ । उक्त कालोपत्रे सडकको चौडाई ५.५ मिटरको हुने मन्त्री राईले जानकारी दिए ।

सडक कालोपत्रे गर्ने ठेक्का याक्थुम्हाङ्गररेग्मीरचुरिया जेभी उदयपुरले पारेको छ। जेभीले गत साउन ७ गते भौतिक मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय उदयपुरसँग २०८४ सालको साउन ६ गतेभित्र सडक कालोपत्रे गरिसक्नेगरी सम्झौता गरेको थियो। गत असोजमा तीन दिन आएको बाढी पहिरोले फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि ५ महिनापछि सडकको शिलान्यास गरिएको हो।

पहिलो चरणमा बहुबर्षे योजनामा पारिएको सडकलाई पहिलो प्याकेजमा रसुवादेखि सिमपानीसम्म(१५ किलोमिटर) कालोपत्रे गर्ने जनाइएको छ । दोस्रो चरणमा इन्द्रेणीपोखरी, रोक्सिम हुँदै पानधारेसम्म कालोपत्रे गर्ने मन्त्री राईले बताएका छन् ।

मन्त्री राईले तोकिएको समयमा उक्त सडकको निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् । विकास निर्माणका क्रममा भ्रष्टाचार र कच्चा काम गरेको भेटिए तत्काल कारबाही गर्ने मन्त्री राईले बताएका छन् । देशमा संघीयता लागू भएपछि खोटाङको दिप्रूङ चुईचुम्मा गाउँपालिकाको नामकरण गर्दै सोही गाउँपालिको अध्यक्ष समेत बनेका मन्त्री राईले खोटाङको विकासलाई सहयोग गर्न सदैव आफु तयार रहेको बताउँदै आएका छन् । मन्त्री राईले केही दिन अगाडी जिल्ला अस्पताल खोटाङलाई ३८ प्रकारका स्वास्थ्य समाग्री र ओषधी समेत उपलब्ध गराएका थिए ।

तराई र पहाड जोड्ने सडकको गुणस्तरमा सुधार आउने भएपनि खोटाङे जनताले खुशी व्यक्त गरेका छन् । मन्त्री राईले खोटाङको विकासलाई पूर्ण दिन आफुले सक्दो सहयोग गर्दे बताउँदै आएका छन् । उक्त सडक कालोपत्रेको काम समयमा नै सकिए आफुहरुले हिँद वर्षाको समय नै सवारी प्रयोग गर्न पाउने र स्थानीय स्तरमा उत्पादित सामाग्री समेत तराईका बजारसम्म सहजै पु¥याउन सकिने स्थानीयवासीले अपेक्षा लिएका छन् ।स्थानीय सरकारले सडक र पुल निर्माणको कार्यलाई जनताको महत्वपूर्ण आवश्यकताको रुपमा बुझ्न आवश्यक छ ।


्र

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *