कोशी प्रदेश

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षद्धारा कृषकलाई प्लास्टिक टनेल वितरण

काठमाडौं । दिप्रूङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले गाउँपालिकाभित्रको एक वडामा प्लास्टिक टनेल वितरण गरेका छन् । दिप्रुङ चुइचुम्मा गाउपालिकाको आ.व २०८१् / ०८२ को बार्षिक योजना तथा कार्यक्रम अन्तर्गत कृषि तथा पशु विकास कार्यक्रम अनुसार एक घर एक प्लास्टिक टनेल वितरण गरेका हुन् । अध्यक्ष राईले आइतबार उक्त गाउँपालिकाको वडा न. १ याम्खामा पहिलो चरणमा जम्मा १७५ जना कृषकहरूलाई प्लास्टिक टनेल वितरण गरेकाे गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *