खेलकुद

जनकपुरविरुद्ध सुदूरपश्चिमका दुवै ओपनर आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सका दुवै ओपनर आउट भएका छन् ।

एनपिएलको फाइनलमा जनकपुरविरुद्ध आक्रामक सुरुआत गरेका ओपनर विनोद भण्डारी र सैफ जैब आउट भएका हुन् ।

ओपनर सैफ जैब अर्ध शतक बनाएर आउट भए भने विनोद भण्डारी ४१ रन बनाएर बोल्ड आउट भए ।

सैफ जैबले ४३ बलमा ६९ रन बनाएका थिए । उनी किशोर महतोको बलमा क्याच आउट भए ।

विनोद भण्डारी ३१ बलमा ४१ रन बनाएर खेलिरहेका बेला ललित राजवंशीको बलमा बोल्ड भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *