काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित एक घरमा आगलागी भएको छ । बिहीबार उक्त नगरपालिकाका भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो ।
आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको हो ।
अहिले दमकल पुगेर निभाउने प्रयास भइरहेको छ । काठमाडौं, ललितपुर, भक्तपुरबाट दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीबारे थप विवरण आउन बाँकी छ ।




