काठमाडौं । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल खोटाङलाई विभिन्न स्वास्थ सामाग्रीहरु वितरण गरेको छ। मन्त्रालले शनिबार जिल्ला अस्पताल खोटाङलाई विभिन्न औषधीसहित ३८ किसिमका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो ।
६ लाख ७९ हजार १३ रुपैँयाको स्वास्थ्य सामाग्री लिएर कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई खोटाङ पुगेका थिए । स्वास्थ्यमन्त्री राईले जिल्ला अस्पताल खोटाङका निमित्त प्रमूख मेडिकल अधिकृत पुष्कल राईलाई हस्तान्तरण गरेका थिए । मन्त्री राईले अस्पतालाई आवश्यक पर्ने अन्य स्वास्थ्य सामाग्री पनि उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला अस्पताल खोटाङमा धरै स्वास्थ्य समाग्रीको अभाव रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । जिल्ला अस्पतालखोटाङमा आवश्यक स्वास्थ्य सामाग्रीको अभावमा विरामीहरुलाई चेकजाँच गर्न जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको एक स्वास्थ्यकर्मीले जानकारी दिए । उक्त स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा मन्त्री राईसहित स्वास्थ कार्यालय खोटाङका जिवन चौँलागाँई, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि डिल्ली कुमारी आर्चायको सहभागिता रहेको थियो ।




