खेलकुद

चितवनले जनकपुरलाई दियो १ सय ८१ रनको लक्ष्य

काटमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १ सय रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित त्रि.वि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रन बनायो ।

यसअघि टस हारेर पहिले बलिङको निम्तो पाएको जनकपुर बोल्ट्स चितवन राइनोज विरुद्ध जवाफी ब्याटिङमा उत्रिएको छ ।

जारी एनपिएलमा चितवनको अन्तिम खेल हो । यसअघिका ६ खेलमध्ये चितवनले तीन खेल जित्दा तीन खेलमा हार ब्यहोरेको छ ।

यस्तै, जनकपुरको पनि यो अन्तिम खेल हो । जनकपुरले यसअघिका ६ खेलमध्ये पाँच खेल जितेको छ, भने एक खेलमा पराजित भएको छ ।

जनकपुर यसअघि नै प्लेअफमा स्थान सुरक्षित गराइसकेको छ भने चितवन प्लेअफमा पुग्न संघर्षरत छ ।