देश

काठमाडौंमा आज यस वर्षकै चिसो

काठमाडौं । आज काठमाडौँमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । केही दिनदेखि घट्दै गएको काठमाडौँको न्यूनतम तापक्रम आज बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो । काठमाडौँबाहेक देशैभर चिसो क्रमशः बढ्दै गएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशभर मौसम सामान्यतया सफा रहनेछ भने तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *