काठमाडौं। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको मतदानको मतगणना जारी छ ।
तीनै तहको नेतृत्व चयनका लागि भएको निर्वाचनको अधिकाँंस जिल्लाका मतपरिणाम आइसकेको छ। बागमती र एसोसियट प्रदेशको पनि अन्तिम मतपरिणम आइसकेको छ।
बागमती प्रदेशको अध्यक्षमा किष्ण सारु र एसोसियटको अध्यक्ष रोयल आचार्य निर्वाचित भएका छन्।
केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको र सम्बन्धित प्रदेश कार्यालयहरूमा प्रदेशको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।
काठमाडौंको करिब ४०० मत गणना सकिएको छ। यहाँ जम्मा ७७७ मत खसेको थियो।