मुख्य समाचार

भारतको तमिलनाडुको एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु

भारतको तमिलनाडुको एक अस्पतालमा लागेको भीषण आगलागीमा ६ जनाको मृत्यु भएको छ ।

तमिलनाडुको डिंडीगुल जिल्लामा रहेको निजी अस्पताल लागेको आगोमा ६ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन ।

भारतीय सञ्चार माध्यमका अनुसार स्थानीय प्रहरी र अग्नीनियन्त्रकको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागी पछि अस्पतालको लिफ्टमा रहेका सबै मानिस बेहोश भएका थिए । विद्युत शट भएका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको समाचारमा उल्लेख छ ।

आगलागी बारे अनुसन्धान भैरहेको भारतीय प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *