खेलकुद

पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीचको खेल सुपर ओभरमा गएको छ ।

जितका लागि पाएको १४० रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३९ रन मात्रै बनायो ।

पहिलो इनिङमा विराटनगरले पनि १३९ रन मात्रै बनाएको थियो । एनपिएलमा यो पहिलो सुपरओभर हो ।