काठमाडौं । आफ्नै घरमा काम गर्न बसेकी एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका झापा विर्तामोडका पूर्वमेयर ध्रुबकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
मंगलबार जिल्ला अदालत झापाले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।इलाका प्रहरी कार्यालय, अनारमनीले शिवाकोटीलाई सोमबार अपराह्न पक्राउ गरेको थियो ।