खेलकुद

सस्तैमा समेटियो पोखरा एभेन्जर्स

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स १६.३ ओभरमा अल आउट हुँदै १०३ रनमा समेटियो । पोखरालाई सस्तैमा समेट्न विलियम बोसिस्टोले घातक बलिङ गरे ।

४ ओभर बलिङ गरेका बोसिस्टो एक्लैले ६ विकेट लिए । उनले २८ रन मात्रै खर्चिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *