काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले पहिले बलिङ गर्ने भएको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राईनोजका कप्तान कुशल मल्लले टस जितेर सुरुमा बलिङ रोजेपछि लुम्बिनी लायन्स पहिला ब्याटिङ गर्ने भएको हो ।
चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले खाता खोल्न सकेको छैन । आजको खेलमा लुम्बिनी लायन्स जित्नै पर्ने दबाबमा खेल्नु पर्नेछ ।