खेलकुद

एनपीएलमा आज कुनैपनि खेल नहुने, भाेलिदेखि पुनः सुचारू

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन । अघिल्लो शुक्रबारदेखि सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो ।

अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुँदै चौथो पटक पनि खेल जितेको छ ।

अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिनी लायन्सलाइ १ रनले पराजित गरेर हिजो अप्रत्याशित नतिजा निकालेको थियो भने सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउँदै ३३ रनले चितवन राइनोजले बाजी मारेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *