विश्व

इराकले खाली गरायो सिरियामा रहेको आफ्नो दूतावास, कर्मचारी पठायो लेबनान

बग्दाद ।इराकले सिरियामा रहेको दूतावास खाली गरेको छ ।इराकी राज्य समाचार एजेन्सीका अनुसार उसले त्यहाँ कार्यरत सबै कर्मचारीलाई लेबनान लगेको छ ।

‘इराकले सिरियामा रहेको आफ्नो दूतावास खाली गरेको छ र कर्मचारीहरूलाई लेबनानमा सारिएको छ,’ इराकी राज्य समाचार एजेन्सीले आइतवार रिपोर्ट गरेको छ ।

विद्रोहीहरूले राष्ट्रपति बसर असदलाई अपदस्थ गरी राजधानीको नियन्त्रणमा लिएको केही घण्टा पछि इराकले आफ्नो दुतावास खाली गरेको हो । तर, अचानक खाली गर्नुको कारण के हो ? त्यो भने केही सार्वजनिक गरिएको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *