विश्व

राजधानी छाडेर भागेका सिरियाली राष्ट्रपतिले अबुधावीमा शरण लिन सक्ने

काठमाडौं । सयुंक्त अरब इमिरेटसका कूटनीतिज्ञका अनुसार बिद्रोहीले राजधानी कब्जा गरे पछि भागेका सिरियाल राष्ट्रपति बसर अल असद अबुधाबीमा शरण खोजिरहेको बताएका छन ।

अचानक बिद्रोहीले सहर कब्जा गरे पछि सिरियाका राष्ट्रपति बसर अल असद कथित रूपमा देशबाट भागेका छन्। तर, उनको ठेगाना भने खुल्न सकेको छैन । त्यहाँका प्रधानमन्त्रीले पनि राष्ट्रपति कहाँ छन् भन्ने बारेमा केही थाहा नभएको बताएका छन् ।

तर, संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकारले असद युएईमा छन् कि छैनन् भन्नेमा आफू अनिश्चित रहेको बताएका छन् । बहराइनको मनामा संवादमा पत्रकारहरूसँग कुरा गर्दै युएइका कुटनीतिज्ञ अनवर गर्गासले असदले युएईमा शरण लिन सक्ने अनुमान गरेका छन् तर उनले प्रस्ट रूपमा केही भनेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *