काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिनको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ । टियु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।
लुम्बिनीले सुरुवाती ३ खेलमा हार बेहोरेर दबाबमा छ । आजको खेलमा गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना कठिन बन्नेछ । जनकपुर लगातार चौथो जित निकाल्दै प्लेअफ सम्भावना थप बलियो बनाउन चाहान्छ ।
लुम्बिनी लायन्सको प्लेइङ-११
रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, आशुतोष घिरैया, अविषेश गौतम, अर्जुन साउद, दुर्गेश गुप्ता, टम मुर्स, बेन कटिङ, साद वीन जाफर र रेमन सिमोन्डस
जनकपुर बोल्ट्सको प्लेईङ-११
अनिल शाह, आसिफ शेख, लाहिरु मिलान्था, हर्ष ठाकर, जेमी निशम, शुभ कसांकार, मोहम्मद मोहसिन, शेर मल्ल, हेमन्त धामी, किशोर महतो र ललित राजवंशी