देश

बेनी-पुलाचौर सडक कालोपत्र

म्याग्दी । बेनी-पुलाचौर पाँच किलोमिटर सडक रु. ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी-अर्थुंगे-बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि रु. एक करोड ८० लाख विनियोजन भएको थियो । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र र एक सय मिटर ढलान भएको छ । एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाक चोकदेखि संगमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ ।

बेनी-पाखापानी सडक योजनामा विनियोजन भएको रु. तीन करोड बजेटमध्ये रु. एक करोड ५० लाखको लागतमा कुरिलाखर्क र अर्थुंगेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले बताए ।