देश

राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङका अनुसार राष्ट्रपति पौडेल शनिबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

राष्ट्रपति पौडेल गत मङ्सिर १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *