खेलकुद

एनपीएल : आजको पहिलाे खेलमा चितवन-कर्णाली र दाेस्राे खेलमा लुम्बिनी-पोखरा मैदानमा उत्रँदै

काठमाडाैं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को दशाैं र एघाराैं खेल हुँदैछ । आजको पहिलाे खेलमा चितवन राइनाेज र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुँदैछ । 

त्रिभुवन विश्वबिद्यलय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् । सो खेल बिहान ९ः १५ बजेवाट सुरू हुनेछ ।

जनकपुर बाेल्टससँग ८ विकेटले र काठमाडाैं गाेर्खाजसँग तीन विकेटले पराजित भएकाे कर्णालीलाइ याे खेल जीत्नै पर्ने दबाब रहेकाे छ भने पाेखरालाइ ७२ रनले हराएर आएकाे चितवन राइनाेजलाइ दाेस्राे खेलमा जित हासिल गर्न दबाब बढने छ । भारतीय चर्चित खेलाडी शिखर धवनले ७२ रन जाेडे पनि अन्ततः कर्णाली काठमाडाैंसँग ३ बिकेटमा पराजित हुन बिबश भएकाे थियाे ।

आज हुने पहिलो खेलमा चितवनकाे नेतृत्व कुशल मल्लले गर्दैछन् भने कर्णालीबाट साेमपाल कामीले नेतृत्व गर्नेछन्  । 

चितवन राइनोज 

कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया),  ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।

कर्णाली याक्स 

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान),  विपिन शर्मा (आइकोनिक)। 

एनपीएलको  दाेस्राे खेलमा लुम्बिनी भर्सेस पोखरा मैदानमा उत्रँदै

आजको दाेस्राे खेलमा लुम्बिनी लायन्स र पाेखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुँदैछ ।  

त्रिभुवन विश्वबिद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमने सामने हुँदैछन् । सो खेल अपरान्ह १ः १५ बजेवाट सुरू हुनेछ ।

आज हुने खेलमा पाेखराबाट कुशल भुर्तेल नेतृत्व गर्दैछन् भने लुम्बिनीकाे नेतृत्व राेहितकुमार पाैडेलले गर्नेछन्  । 

एनपीएल गत शुक्रवारबाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

लुम्बिनी लायन्स 

रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।

पोखरा एभेन्जर्स 

कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड), सुदिप आर्याल (आइकोनिक)।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *