काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किएका छन् । ओली भर्खरै बेइजिङबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली गत आइतबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए ।