विश्व

रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा फक्स न्यूजका पूर्वप्रस्तोता टकर कार्लसनले मस्कोमा रूसी विदेश मन्त्री सर्गेई लाभरोभ सँग अन्तर्वार्ता लिएको मङ्गलबार घोषणा गरेको छ ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा गरेको आक्रमण पछि कार्लसन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सँग अन्तर्वार्ताका लागि मस्को गएका थिए ।

कार्लसनले मङ्गलबार आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा प्रकाशित एक भिडियोमा वासिङ्टन र मस्को बीच बढेको तनाव बारे प्रकाश पार्न आफू रूसमा पुगी समसामयिक बिषयमा लाभरोभ सँग छलफल भएको बताए ।

कार्लसनल अन्तवार्ता प्रशारण गर्ने तिथि सार्वजनिक नगरिकन भनेका छन्, “हामी भर्खर त्यो अन्तर्वार्ता लिएर आएका छौँ । अन्तवार्ता एकदम आकर्षक र सान्दर्भिक छ छ। यो धेरै चाँडै आउँदैछ।”

कार्लसनले आफुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँग अन्तर्वार्ता लिन खोजेको तर, अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले रोकेको आरोप पनि लगाएका छन् ।

डेमोक्र्याट, तथाकथित ‘जागृत’ प्रदर्शनकारी र साम्यवादको आक्रमणमा फसेको संयुक्त राज्य अमेरिका पतनको बाटोमा रहेको राष्ट्रको रूपमा चित्रण गर्न कार्लसनले वर्षौं बिताएका छन् । उनले अमेरिकी फक्स न्यूज छोडे पछि अमेरिकामा विद्यमान सामाजिक प्रणालीमा षडयन्त्रका सिद्धान्तहरू बारे सचेतना जगाउँदै आएका छन् । केबल नेटवर्कमा उनको प्रसिद्ध कार्यक्रमको प्रशारण अप्रिल २०२३ देखि रोकिएकोे थियो ।

कार्लसनले त्यसपछि यस पहिले ट्वीटरका रूपमा चिनिँदै आएको सामाजिक सञ्जाल एक्समा कार्यक्रमहरू प्रसारण गर्दै आएका थिए । अहिले उनको आफ्नै ‘स्ट्रिमिङ प्लेटफर्म’, टकर कार्लसन नेटवर्क छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *