
काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पोस्टेटसम्बन्धी उपचारका लागि पौडेल बुधबार महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा भर्ना भएका हुन् ।अस्पतालका नि. कार्यकारी निर्देशक प्राडा. घनश्याम गुरुङले एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएका छन् ।हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
