खेलकुद

चितवनले दियो पोखरालाई १६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पाँचौँ खेलमा चितवन राइनोजले पोखरा एभेञ्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनायो ।चितवन राइनोजका लागि रवी बोपाराले अर्धशतक बनाए । उनले ३८ बलमा ५१ रन बनाए ।राइनोजका कप्तान कुशल मल्लले ३८ रनको आक्रामक पारि खेले ।

ओपनर हसन इसाखिलले १४ रन बनाए । अर्का ओपनर दीपक बोहरा २ रन बनाएर आउट भए ।लुक बेन्केनस्टाइनले १६ रन बनाए भने सन्तोष कार्कीले ११ रनको योगदान दिए ।

शरद भेषवाकर ११ र अमर रौटेला १३ रनमा नट आउट रहे ।बलिङ पोखरा एभेञ्जर्समा विपीन खत्री, रेम रेइफर र बास डि लिडले दुईदुई तथा सागर ढकालले एक विकेट लिए ।